काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा क्षेत्रमा दुवै देशका तर्फबाट जग्गा अतिक्रमणका घटनाहरू भएको दाबी गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

advertisement

श्रम संस्कृति पार्टीका सांसदले लिपुलेक, लिम्पियाधुरा र कालापानी सम्बन्धी विषय उठाएपछि प्रधानमन्त्री शाहले त्यसबारे सरकारको धारणा स्पष्ट पारेका थिए ।

उनले सीमा विवादलाई समाधान गर्न कूटनीतिक संवादलाई नै मुख्य माध्यम बनाइने उल्लेख गर्दै यस प्रक्रियामा आवश्यक परेमा बेलायतको समेत राय–सुझाव लिइने बताए ।

प्रधानमन्त्री शाहले दुवै देशबीचका सीमा विवादलाई संवाद र कूटनीतिक पहलमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com