काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्ति तथ्यहीन र आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।

आइतबार सिंहदरबारस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले प्रमाणबिनाका विषय सार्वजनिक रूपमा प्रस्तुत गर्नु उपयुक्त नभएको बताए ।

advertisement

उनका अनुसार सार्वभौम संसद्मा बसेर तथ्य पुष्टि नगरी गरिएको टिप्पणीले गलत सन्देश दिन सक्छ । ‘नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने कुरा तथ्यसहित, स्थान र प्रमाण स्पष्ट गरेर मात्र भन्नुपर्छ,’ राईले भने, ‘त्यस्तो आधारबिनाको अभिव्यक्ति स्वीकार्य हुँदैन।’

निश्कल राईले प्रधानमन्त्री को राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी टिप्पणी पनि अपरिपक्व र असन्तुलित रहेको दाबी गरे ।

सचेतक राईले प्रधानमन्त्री शाहले संसद्मा उठेका प्रश्नहरूको स्पष्ट र सन्तोषजनक जवाफ दिन नसकेको आरोपसमेत लगाए ।

 

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com