काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुङ्गाना ले प्रधानमन्त्री बालेन शाहसँग क्षमता नभएको बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट गर्दै उनले यस्तो बताएका हुन् । आज मात्रै प्रधानमन्त्री शाहले संसद्मा नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए । सोही अभिव्यक्तिलाई लिएर ढुङ्गानाले यस्तो बताएका हुन् ।
देशलाई भूराजनीतिक रूपमा सङ्कटमा नपार्न आग्रह गर्दै भूराजनीतिक विषयमा ध्यान दिएर बोल्न प्रधानमन्त्री शाहलाई आग्रह गरे ।
देशको सिमाना खेलाँची नभएको समेत उनको भनाइ छ । आजको भोलि विकास नभए पनि यो सरकारबाट शिशु पाइला पनि नदेखिएको उनले आरोप लगाए।
जेनजी आन्दोलनका आधिकारिक हकदार सङ्गठित भएर अघि बढ्ने समेत अभियन्ता ढुङ्गानाले बताए।
प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार












प्रतिक्रिया