काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाही ले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको सीमा मिचेको भन्दै बोलेको अभिव्यक्तिको प्रमाण पेस गर्न माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता भए पनि प्रधानमन्त्रीको अभिव्यक्ति जिम्मेवार पनि हुने बताए ।

advertisement

ज्ञानेन्द्र शाही ले अनुमानका आधारमा चिया पसलमा गरिएको जस्तो कुरा नगर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

‘अनुमानको आधारमा राष्ट्र चल्दैन भावनाको आधारमा चल्दैन । प्रमाण पेस गर्न म अनुरोध गर्छु,’ उनले भने, ‘प्रधानमन्त्रीले तथ्यबिना बोलिएको रेकर्डहरू हटाउन माग गर्दछु । यो चिया पसल होइन । नेपालले भारतको सीमा मिचेको कुरा प्रमाण पेस गर्न आग्रह गर्दछु ।’

प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com