काठमाडौं । विशेष अदालतले भेपमार्फत भएको सुन तस्करीसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महरासँग एक लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य विदुर कोइरालाको संयुक्त इजलासले थुनछेक बहस सम्पन्न भएपछि महरालाई धरौटीमा रिहा गर्न सकिने आदेश जारी गरेको हो।

advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर नेपाल भित्र्याइएको सुन तस्करी प्रकरणमा महरासहित केही भन्सार अधिकृत र अन्य व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

आयोगले दायर गरेको मुद्दामा ७ करोड ७८ लाख रुपैयाँभन्दा बढी बिगो तथा भ्रष्टाचारजन्य कसुरको आरोप लगाइएको छ। सोही मुद्दाअन्तर्गत अदालतले महराको थुनछेक बहसपछि धरौटीमा रिहा हुने आधार देखिएको निष्कर्ष निकाल्दै एक लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको हो।

भेपभित्र सुन लुकाएर तस्करी गरिएको घटनाले व्यापक चर्चा पाएको थियो। उक्त प्रकरणमा अख्तियारले विभिन्न व्यक्ति र सरकारी कर्मचारीको संलग्नताबारे अनुसन्धान गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com