काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनलाई मंगलबार बिहान करिब ६:१५ बजे ठोरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

मेयर सिंहविरुद्ध लिखत किर्ते गरेको आरोपमा गत जेठ १२ गते पक्राउ पुर्जी जारी भएको थियो। स्थानीय लियाकत अलीले मेयर सिंहसहित तीन जनाविरुद्ध जाहेरी दिएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

advertisement

प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com