काठमाडाैं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।
सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ११ हजार तीन सय रुपैयाँ कायम गरिएको छ।
हिजो सोमबार सुन प्रतितोला तीन लाख १० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि मंगलबार वृद्धि भएको छ। सोमबार प्रतितोला पाँच हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ५० रुपैयाँले बढेर प्रतितोला पाँच हजार चार सय पाँच रुपैयाँ पुगेको छ।
प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया