काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्।
पाँचदिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका लामिछानेले आज प्रधानमन्त्री मोदीसँग भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ। यद्यपि, भेटवार्ताको समय भने सार्वजनिक गरिएको छैन।
भारत भ्रमणका लागि सोमबार प्रस्थान गरेका लामिछानेले मंगलबार भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा अध्यक्ष नितिन नवीनसहित शीर्ष नेताहरूसँग छलफल गरेका थिए। त्यसलगत्तै आज उनले प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्न लागेका हुन्।
लामिछाने २२ गते नेपाल फर्किने कार्यतालिका रहेको छ।
प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार












प्रतिक्रिया