काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन ले महामन्त्री धवलशमशेर राणा लाई पार्टी छाड्ने निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।
सोमबार जारी विज्ञप्तिमार्फत लिङ्देनले पार्टी महाधिवेशनको तयारी भइरहेका बेला राणाको बहिर्गमनको समाचारले आफू आश्चर्यचकित भएको बताएका छन्। उनले पूर्वअध्यक्ष, नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको भावनाको सम्मान गर्दै राणालाई महाधिवेशन प्रक्रियामा सहभागी हुन अनुरोध गरेका छन्।
साथै, पार्टी एकता कमजोर हुने गतिविधिमा संलग्न नहुन र स्थानीय तह तथा जिल्ला अधिवेशनमा एकताबद्ध भएर जुट्न नेता–कार्यकर्तालाई अपिल गरेका छन्।
प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार












प्रतिक्रिया