काठमाडौं। उपत्यकामा बितेका २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २ सय ९९ सवारीचालक कारबाहीमा परेका छन् । सो कारबाहीबाट राज्यकोषमा २३ लाख ७१ हजार ४२ रुपैयाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मादकपदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १ सय १९ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १ सय ६० जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १ सय ३४ जना र तीव्र गतिमा सवारी चलाउने १ सय १८ जनालाई कारबाही गरिएको हो ।

advertisement

त्यस्तै लेन अनुशासन पालना नगर्ने १ सय १४ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ९४ जना, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १ सय २० जना तथा एकतर्फी सडकमा विपरीत दिशामा सवारी चलाउने १ सय ४४ जनालाई समेत कारबाही गरिएको छ ।

यसका साथै अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २ सय ९६ जनालाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com