काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विधिसम्मत विश्राम लिने अडान लिएका छन् ।

पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्किरहेका बेला ओलीले यस्तो अडान लिएका हुन् । महाधिवेशनबाट प्रतिनिधिहरूले आफूलाई विधिसम्मत छानेकाले आफूले पनि विधिवत् रूपमा विश्राम लिने ओलीको धारणा छ ।अप्ठेरो परिस्थितिमा पनि पार्टीलाई सम्हाल्ने सामर्थ्य आफूसँग रहेको भन्दै उनले माग हुँदैमा विश्राम नलिने बताएका हुन् ।

advertisement

अफ्ठेरो अवस्था आयो भने झोला फ्याँकेर भाग्नु भनेर मलाई अध्यक्ष बनाएको होइन । जस्तोसुकै परिस्थिति आए पनि संघर्ष गर्नु , पार्टीको नेतृत्व गर्नु , अफ्ठेरो अवस्था आए पनि सामनाका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको हो,” ओलीले भने ।

काठमाडौंमा आयोजित कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी पुनर्गठनको विषय उठान गरेपछि ओलीले यस्तो धारणा व्यक्त गरेका हुन् ।

भेलालाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकार अराजक रहेको बताए । सरकार संरक्षित रूपमा चलिरहेको उनको भनाइ छ । ”उत्ताउलो भएर धेरै अघि नबढ्नुहोला । सधैँ एकै परिस्थिति रहँदैन । राणा शासन ढले, पञ्चयात ढले, राजतन्त्र ढले । अराजकतन्त्र कति समयको पाहुना हो?” ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले प्रधानमन्त्री बालेन्द्र शाह सीमा सम्बन्धी विषयमा देशद्रोही कुरा गरेको टिप्पणी गरे । नेपालले भारतको धेरै ठाउँमा सिमाना मिचेको छ भनेर ।” उनले भने, “एक इन्च पनि भारतको जमिन नेपालले मिचेको छैन । कसका लागि सदनमा गएर नेपालले भारतको जमिन मिचेको छ भनेर बोलेको हो!,” ओलीले भने । भन्दै ओलीले प्रश्न समेत गरे।

नयाँ पार्टीका नाममा मुलुकमा अराजकता मच्चिरहेको ओलीको आरोप छ ।“नयाँ पार्टीका नाममा कतैबाट प्लान्टेड, अराजकता, आगजनी र तोडफोड, हत्या हिंसाबाट नयाँ पार्टीको जन्म होइन विचारबाट नयाँ पार्टीको जन्म हुनुपर्दछ,” उनले भने ।

अध्यक्ष ओलीले फसाउनकै लागि सम्पत्ति छानबिन समिति गठन गरेको आरोप लगाए ।“ज्ञानेन्द्र शाहले माघ १९ गतेको कुपछि जसरी विरोधीलाई फसाउन आयोग बनाएका थिए । नयाँलाई, सेनालाई छानबिन नगरी केपी ओली र रमेश लेखक अनि पुराना पार्टीलाई फसाउन आयोग बनाइएको हो,” उनले भने ।

ओलीले प्रतिशोधमा नभएर संवैधानिक बाटोमा फर्कन सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com