काठमाडौं । बाजुराको बूढीनन्दा नगरपालिका–६ कोटिलामा मदिरा सेवनपछि भएको विवादमा एक जनाको ज्यान गएको छ।
स्थानीय टेकेन्द्र रावत र नीर रावतबीच होटलमा मदिरा पिएपछि विवाद भएको थियो। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार विवादका क्रममा टेकेन्द्रले प्रहार गरेको ढुङ्गा लाग्दा नीर रावतको घटनास्थलमै मृत्यु भएको हो।
घटना आज बिहान भएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भाटले बताए।
प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार












प्रतिक्रिया