काठमाडौं । भक्तपुर नगरपालिका–१० छालिङमा घरायसी विवादका क्रममा एक युवकले श्रीमतीको हत्या गरेका छन् ।
प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार शङ्करापुर नगरपालिका–६ नाङ्लेभारेका विदुर विश्वकर्माले भाडाको घरमा बस्दै आएकी आफ्नी ३३ वर्षीया श्रीमती सलिनालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
सोही आक्रमणमा उनका आठ वर्षीय छोरा त्रिशल घाइते भएका छन् । घटना गएराति भएको हो । हत्या अभियोगमा विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार












प्रतिक्रिया