काठमाडौं । बितेको २४ घण्टामा कुल २ हजार ४४५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्, जसबाट राज्यकोषमा २२ लाख ७६ हजार ५१७ रुपैयाँ राजस्व संकलन भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १२८ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १६० जना, सङ्केत बत्ती उल्लङ्घन गर्ने १४१ जना तथा तीव्र गतिमा सवारी चलाउने १८३ जना कारबाहीमा परेका छन्।

advertisement

त्यसैगरी लेन अनुशासन उल्लङ्घन गर्ने ४३ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १२३ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १४ जना, एकतर्फी सडकमा सवारी चलाउने १६६ जना र अन्य सवारी नियम उल्लङ्घन गर्ने १ हजार ४८७ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com