काठमाडौं। ललितपुर जिल्ला अदालतमा टिकटकर तुलसा अधिकारी विरुद्धको मुद्दामा तीन दिनदेखिको थुनछेक बहस पूरा भएको छ ।
सरकारी वकिलको तर्फबाट तीन जना र प्रतिवादी अधिकारीको तर्फबाट ८ जना कानुन व्यवसायीले बहस गरेका थिए ।
थुनछेक बहस सकिएसँगै आजै अदालतले अधिकारीलाई थुनामा पठाउने वा धरौटीमा छाड्ने विषयमा निर्णय गर्नेछ ।
प्रतिवादी अधिकारीलाई इन्टरपोलको सहायतामा थाइल्यान्डबाट पक्राउ गरेर गत शनिबार राति काठमाडौं ल्याइएको थियो ।
अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको थियो ।
एक जना व्यवसायीको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले उनीविरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो ।
यो मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी छन् ।
प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार












प्रतिक्रिया