काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत गएराति कावासोतीबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख १७५७ नम्बरको ट्रकमा ग१०प २२८७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–१ निवासी ५१ वर्षीय ओमनारायण गुरौको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जनाएको छ।
प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार मोटरसाइकल चालक भारतका २६ वर्षीय विशालकुमार श्रीवास्तव गम्भीर घाइते भएका छन्। उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
दुर्घटनापछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया