काठमाडौं । चितवनको भरतपुर कारागारमा कैदीबन्दीहरूमा भाइरल ज्वरो फैलिएको छ। कारागार प्रशासनका अनुसार हालसम्म करिब ५० जना कैदीबन्दी प्रभावित भएका छन् भने दैनिक ५ देखि ७ जनासम्म नयाँ बिरामी थपिँदै गएका छन्।

हाल कारागारमा ७१२ जना कैदीबन्दी राखिएका छन्, जबकि यसको क्षमता ६०० जनाको मात्र हो। ५५० पुरुष र ५० महिला राख्न मिल्ने क्षमता भए पनि क्षमता भन्दा बढी कैदीबन्दी राखिएकाले अवस्था जटिल बन्दै गएको जनाइएको छ।

advertisement

लक्षण देखिएका कैदीहरूलाई छुट्टै राखेर उपचार भइरहेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय र भरतपुर महानगरपालिकाको सहयोगमा औषधि व्यवस्थापन गरिएको कारागार प्रमुखले बताएका छन्।

कारागार प्रशासनका अनुसार संक्रमण बढ्ने क्रम जारी रहेकाले थप सतर्कता अपनाइएको छ।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com