काठमाडौं ।  काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २,३०० सवारीचालकलाई कारबाही गरिएको छ। यस कारबाहीबाट राज्य कोषमा कुल २० लाख ८४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारबाहीमा परेकामध्ये १०४ जना मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने, १७७ जना राइड सेयरिङ नियम उल्लङ्घन गर्ने, १४७ जना ट्राफिक संकेत बत्ती नमान्ने र १०५ जना तीव्र गतिमा सवारी चलाउने चालक रहेका छन्।

advertisement

त्यस्तै, ५६ जनाले लेन अनुशासन पालना नगरेको, १५२ जनाले निषेधित क्षेत्रमा हर्न बजाएको, ११३ जनाले सडक पेटीमा पार्किङ गरेको र १४१ जनाले एकतर्फी सडकमा सवारी चलाएको पाइएको छ।
अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १,३०५ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com