काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा २१ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला तीन लाख ९ हजार कायम भएको हो ।
अघिल्लो दिन बिहीबार तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदी तोलामा ५५ रुपैयाँ घटेर पाँच हजार २३० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन पाँच हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया