काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्।

बिहीबार पूर्वमुख्यमन्त्री राजकुमार शर्माले राष्ट्रवादसम्बन्धी विषयमा प्रदेश सरकारको कुनै स्पष्ट धारणा नआएको भन्दै प्रदेश सभा अवरुद्ध गरेका थिए। त्यसपछि शुक्रबार प्रदेश सभामा बोल्दै मुख्यमन्त्री यामलाल कँडेल ले प्रधानमन्त्री शाहले इतिहासमै पहिले कहिल्यै नउठेको विषय उठाएको टिप्पणी गरे।

advertisement

उनका अनुसार प्रधानमन्त्रीले उठाएको विषयप्रति सम्बन्धित पक्षले समेत औपचारिक दाबी नगरेको अवस्थामा आम नागरिकमा अनावश्यक शंका उत्पन्न भएको छ। “जनतालाई आशङ्कित बनाउने किसिमका अभिव्यक्ति जिम्मेवार पदमा बसेकाहरूबाट आउनु हुँदैन,” उनले भने।

प्रधानमन्त्री बालेन्द्र शाहले यसअघि संघीय संसद्मा नेपालले पनि भारतको भूमि मिचेको हुन सक्ने भन्ने अभिव्यक्ति दिएका थिए, जसलाई लिएर राजनीतिक वृत्तमा बहस जारी छ।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com