काठमाडौं। पूर्वगृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ।

समितिले शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन बुझाएको हो। जेठ १८ गते कार्यकाल सकिएको समितिले थप पाँच दिनको म्याद लिएर प्रतिवेदनलाई अन्तिम रूप दिएको थियो।

advertisement

अकुत सम्पत्ति आर्जन गरेको, त्यसको स्रोत खुलाउन नसकेको तथा विवादित व्यवसायी दीपक भट्टसँग साझेदारी रहेको तथ्य सार्वजनिक भएपछि गुरुङले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।

उनको छानबिनका लागि सरकारले वैशाख २८ गते उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेका थिए।

स्रोतका अनुसार समितिले गुरुङमाथि लगाइएका आरोपहरूबाट सफाइ दिने निष्कर्षसहित प्रतिवेदन तयार पारेको छ। प्रतिवेदनको पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com