काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सागर ढकाल सवार गाडी गुल्मीमा दुर्घटनामा परेको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शुक्रबार रेसुङ्गा नगरपालिका–४ अर्खले क्षेत्रमा उक्त दुर्घटना भएको हो। सांसद ढकाल सवार गाडी दुर्घटनामा परेको जानकारी प्राप्त भएको पुष्टि गर्दै प्रहरीले घटनाबारे थप विवरण संकलन भइरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक वीरेन्द्र विश्वकर्माका अनुसार दुर्घटनापछि सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन्। दुर्घटनाको कारण, क्षतिको अवस्था तथा सम्भावित मानवीय क्षतिसम्बन्धी विवरण भने तत्काल सार्वजनिक गरिएको छैन।
प्रहरीले घटनाबारे थप अनुसन्धान तथा तथ्य संकलनको काम जारी रहेको जनाएको छ। दुर्घटनासम्बन्धी विस्तृत विवरण प्राप्त भएपछि थप जानकारी सार्वजनिक गरिने बताइएको छ।
प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार












प्रतिक्रिया