काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आफूहरू अस्थिरताको पक्षमा नभएको स्पष्ट पारेका छन्।
पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका लामिछानेलाई विमानस्थलमा सञ्चारकर्मीहरूले ‘अब तपाईं प्रधानमन्त्री बन्ने चर्चा छ नि ?’ भन्ने प्रश्न गरेका थिए।
उक्त प्रश्नको जवाफमा उनले सो विषयबारे प्रत्यक्ष टिप्पणी गर्न चाहेनन्। उनले भने, “म केही भन्न चाहन्नँ। निर्वाचन अगाडि हामीले लेखेको कागज एकपटक पढ्न आग्रह गर्न चाहन्छु।”
उनका अनुसार आफ्नो दललाई नेपाली जनताले स्थिरताका लागि मत दिएका हुन् र सोही प्रतिबद्धतामा पार्टी अडिग रहेको छ।
“हामी अस्थिरताको पक्षमा छैनौं। हामी स्थिरताको पक्षमा छौं। नेपाली जनताले स्थिरताका लागि हामीलाई मतदान गरेका हुन्। हामी गरेको वाचाप्रति अडिग छौं, रहिरन्छौं,” उनले स्पष्ट पारे।
प्रधानमन्त्री बन्ने सम्भावनाबारे उठेका चर्चाप्रति संकेत गर्दै उनले चुनावअघिको सहमति नै अहिले पनि आफ्नो राजनीतिक अडान भएको दोहोर्याए।
प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार












प्रतिक्रिया