काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन र सिफारिसहरूको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।

आयोगले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन र सिफारिसका सन्दर्भमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले विगतमा आयोगका सिफारिसहरू कार्यान्वयन नहुँदा पीडितले न्याय नपाएको र दोषीहरूले सजाय नपाएको बताए।

सभापति थापाले नेपाली कांग्रेस अहिले नयाँ सोचका साथ अगाडि बढिरहेको बताउँदै मानव अधिकारका सवालमा पार्टीले कुनै पनि दोहोरो मापदण्ड नअपनाउने स्पष्ट पारे। उनले मानव अधिकार आयोगले जाँचबुझ आयोगकै अध्यक्षमाथि प्रश्न उठाएको सन्दर्भमा कार्की आयोगको प्रतिवेदन निष्पक्ष हुनेमा संशय व्यक्त गरे।

साथै, आयोगको प्रतिवेदन आम निर्वाचनअघि सार्वजनिक नहुनुको पछाडि कुनै विशेष उद्देश्य थियो कि भन्ने प्रश्न गर्दै उनले यस विषयमा थप बहस आवश्यक रहेको बताए।

उनले राज्य पक्षबाट पनि बल प्रयोगका क्रममा सीमा उल्लंघन भएको र मानव अधिकारको गम्भीर हनन भएको उल्लेख गर्दै ती घटनाहरू माफीयोग्य नहुने र कानुनअनुसार दण्डको भागीदार हुनुपर्ने बताए।

उनले आवेग र उत्तेजनामा भएका कतिपय घटनालाई मानवीय पाटोबाट पनि हेर्नुपर्ने बताए। थुप्रै आमाहरूले आफ्ना सन्तान गुमाउनुपरेको पीडालाई सम्बोधन गर्दै पीडितलाई न्याय दिलाउने कुरालाई पार्टीले उच्च प्राथमिकतामा राखेको बताए।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com