काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ५ दिन लामो भारत भ्रमणबाट फर्किएका छन् । उनले आफ्नो भ्रमण उपलब्धीमूलक बनेको बताए ।

त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै लामिछानेले भारतीय पक्षहरुसँग आफूले पारदर्शी ढंगले विभिन्न विषयमा कुराकानी गरेको बताए ।

advertisement

उनले भने, ‘हरेक वैठकमा दुवै पक्षको प्रतिनिधिमण्डल सहभागी थिए । मेरो हरेक भेटवार्तामा दूतावासका कार्यवाहक राजदूत सहभागी हुनुभयो । कुनै पनि भेटघाट अपारदर्शी भएन ।’

लामिछानेसामु नेपाल–भारत सीमा समस्याबारे पनि सोधिएको थियो । द्वीपक्षीय भेटवार्तामा सीमा समस्याबारे किन केही पनि कुरा गर्नुभएन भन्ने पत्रकारको प्रश्नमा उनले लामो जवाफ दिए ।

उनले भने, ‘दुई देशबीचका कुनै पनि विषय कुटनीतिको माध्यमबाट, कुटनीतिक च्यानललाई एक्टिभ गराउनु सबैभन्दा महत्वपूर्ण हुन्छ ।
तीनको आवाज एकदमै हल्ला गरेजस्तो, ढोल बजाएर हुँदैन । ढोल नबजाइकन आफ्नो देशको कुराहरु चरणवद्ध तरिकाले गर्नुपर्छ ।
अभियन्ताले र पत्रकारले उठाउने विषय तथा सबैभन्दा बढी जनताले पत्याएको राजनीतिक दलले उठाउने विषयको फरक–फरक जिम्मेवारी र संवेदनशीलतालाई बुझ्न सकिएन भने कुटनीतिमा त्यसको महत्व हुँदैन । लोकप्रियताका लागि त त्यो सजिलो हुन्छ ।

समस्या समाधान गर्न चरण हुन्छ । तर कुटनीतिका चरण हुन्छन् । सही ठाउँमा, सही ढंगले आफ्ना कुरा राख्न नेपालले हिजो पनि सुरु गरेको थियो, आज पनि गरेको छ, ती कुराहरु कुटनीतिक माध्यमबाट अघि बढ्ने भएकाले मिडियाका चासोभन्दा संवेदनशील भएर अघि बढेका हुन्छन् ।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com