काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित भएका छन्। उनले निर्वाचनमा १४२ मत प्राप्त गर्दै विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी कृष्ण रौनियारले ७४ मत प्राप्त गरे।
उपसभापतिमा राजेशमान श्रेष्ठ १९७ मतसहित निर्वाचित भए भने उनकी प्रतिस्पर्धी देवीका भण्डारीले ७४ मत प्राप्त गरिन्। सचिवमा राजारामकुमार मेहता र सहसचिवमा योगेन्द्र गिरी सर्वसम्मत रूपमा चयन भएका छन्।
त्यसैगरी सदस्य पदमा लक्ष्मी सुवेदी (२०९ मत), राजकुमारी मेहता (१६९), धर्मवीरकुमार आर्य (११२), रेणुका हरिजन (१०९) र गोकुल थापा (१०७) मतसहित निर्वाचित भएका छन्।
प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया