काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान सम्पन्न सेमिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो।

सिंगापुरमा टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा अलआउट हुँदै ९४ रनमा समेटिएको थियो। जवाफमा नेपालले उक्त लक्ष्य सहज तरिकाले पुरा गर्यो। नेपालले ओमानले दिउको लक्ष्य ९.२ ओभरमा २ विकेट गुमाएर पुरा गर्दै फराकिलो जित निकाल्यो।

advertisement

नेपालको जितमा लोकेश बमले २६ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४४ रनको अविजित इनिङ खेलेका थिए। त्यस्तै ओपनर कुशल भुर्तेलले २० रन बनाउँदा रोहित पौडेलले २१ रनको अविजित इनिङ खेले।

त्यसअघि पहिले ब्याटिङ गरेको ओमानका लागि कप्तान सुफ्यन महमुदले ३८ रन बनाउँदा अब्दुलजलिल खानले १६ तथा जुबाइर अली अकबरले २२ रन बनाएका थिए। नेपालका लागि करण केसीले ३ विकेट लिंदा सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए। त्यस्तै साहब आलम, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट हात पारेका थिए।

नेपालले अब सोमबार हङकङ र मलेसियाबीच खेलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ। यसअघिनै सेमिफाइनल पुग्ने चार टोली एसियाली खेलकुदमा छनोट भइसकेका छन् ।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com