काठमाडौं । चर्चित कलाकार जोडी धुर्मुस–सुन्तलीका नामले परिचित कुञ्जना घिमिरे र सिताराम कट्टेल केही महिनाअघि अमेरिका गएका थिए। उनीहरू विदेश गएपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणी र आलोचनाहरू हुन थालेका थिए। विशेषगरी ‘नेपाल छोडेर भागेको’ भन्ने आरोपसमेत उनीहरूले सामना गर्नुपरेको थियो।

यही विषयमा प्रतिक्रिया जनाउँदै आइतबार कुञ्जना घिमिरेले सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति सार्वजनिक गरेकी छन्। उनले आफूहरू देशबाट भागेको नभई परिस्थितिले थिचिएर मानसिक रूपमा अत्यन्तै कठिन अवस्थाबाट गुज्रनुपरेपछि विदेश जान बाध्य भएको बताएकी छन्।

advertisement

एक पुरानो तस्बिर सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘भागेको होइन, पलपल मर्न नसकेर, सास फेर्न गाह्रो भएर, निसास्सिएर बाँच्न नसकेपछि हिँडेकी हुँ। मरेर न्याय पाइँदैन भन्ने लागेर बाँच्ने बाटो रोजेँ। सबैसँग चित्त दुखाएर टाढा हुनुपर्‍यो।’

कुञ्जनाले आफ्नो पति सिताराम कट्टेल भने न्यायको खोजीमा स्वदेश फर्किएको जानकारी दिएकी छन्। उनले आफूले साझा गरेको तस्बिर हेर्दा अहिले पनि भावुक हुने गरेको उल्लेख गर्दै सितारामलाई सहयोग र साथ दिन सबैसँग आग्रह गरेकी छन्।

‘जति पटक यो तस्बिर हेर्छु, आज पनि डाँको छोडेर रुन्छु। मेरो धुर्मुस न्याय खोज्न आफ्नो देश फर्किएको छ। हामीलाई खेद्नुभन्दा उसलाई साथ दिनुहोस्,’ उनले लेखेकी छन्।

धुर्मुस–सुन्तली सामाजिक सेवामार्फत समेत चर्चित कलाकार जोडीका रूपमा परिचित छन्। उनीहरूको पछिल्लो अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com