काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन मा शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएकी छन् ।

आइतबार मन्त्रालयमा सञ्चारकर्मीहरूसँगको भेटघाटमा उनले प्रधानमन्त्रीले उक्त कार्यसूचीमा काम गर्न निर्देशन दिएकाले त्यसलाई सम्पन्न गर्न आफूहरूको ध्यान केन्द्रित भएको बताइन् ।

advertisement

मन्त्री मेहताले मन्त्रालयमा धेरै सुधारका कामहरू गर्नुपर्ने रहेको जानकारी दिँदै आगामी दिनमा सो कामलाई सम्पन्न गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले मन्त्रालयले कम्तीमा १५ दिनमा सञ्चारकर्मीहरूसँग भेटघाट गरी मन्त्रालयको कामकारबाहीबारे जानकारी गराउने पनि बताइन् ।

मन्त्री मेहताले मन्त्रालयले सम्बन्धित क्षेत्रका विज्ञहरू, सञ्चारकर्मीहरू लगायतका सुझावलाई ध्यानमा राखेर काम गर्ने बताइन् ।

उनले भनिन्, “हाम्रो आफ्नै कार्यव्यस्तता थियो । किनकि हाम्रो मुख्य लक्ष्य भनेको नै सय बुँदा थियो ।

हामी प्रधानमन्त्री ज्यूको निर्देशनमा त्यसलाई कसरी पूरा गर्ने भनेर सबैतिर ध्यान केन्द्रित गर्‍यौँ । प्रेस एडभाइजरी हामीले समय-समयमा यस्तो भेटघाट गर्नुपर्ने हो ।

यसमा हाम्रो ध्यान गएन । त्यसका लागि हामी क्षमाप्रार्थी छौँ । यो हाम्रो अन्त्य होइन, निरन्तरता हो ।”

उनले थप भनिन्, “हाम्रो प्रवक्ताले यो भनिसक्नुभयो । सम्भव भए पछिसम्म हामी हरेक १५ दिनमा पत्रकारसँग भेटघाट गर्नेछौँ । हजुरहरूको जति पनि गुनासा छन् ।

फिडब्याक र सुझावहरू छन् । सचिव र सचिवालयले नोट गरेको छ । सुधारका कुराहरू धेरै आएका छन् । हाम्रा कमी कमजोरीहरू, हाम्रा बलिया पक्षहरू के छन् ?

त्यो हामी सबैले बुझेका छौँ । यसलाई आत्मसात् गर्दै हामी पक्कै अघि बढ्नेछौँ ।”

मन्त्री मेहताले मन्त्रालयमा आउने गुनासाहरू पनि सम्बोधन हुँदै जाने बताइन् ।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com