काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी सभापति गगनकुमार थापासँग संवाद नभएको ३१ दिन भएको बताएका छन्।

खड्काले सामाजिक सञ्जाल मार्फत आइतबार आफ्नो संवाद सभापति थापासँग ३१ दिन देखि नभएको बताएका हुन्। आफूले २ महिनादेखि पार्टीको एकताका लागि प्रयास गर्दा पनि प्रगति नभएको बताएका छन्।

advertisement

‘सभापति गगनकुमार थापाजीसँग मेरो कुनै पनि प्रकृतिको संवाद नभएको आज ३१ दिन भयो। दुई महिनादेखि पार्टीको सम्पूर्ण एकताका लागि इमान्दार प्रयत्न गर्दा पनि आजसम्म खासै कुनै प्रगति भएको छैन,’ उनले लेखेका छन्।

उनले केही हल्ला चलाइएको भन्दै चिन्ता समेत व्यक्त गरेका छन्।

‘१५औं महाधिवेशनका लागि हामीले नवीकरण गराएका र नयाँ क्रियाशील सदस्य साथीहरूलाई अध्यावधिकको नाममा दिइएका दबाबका कुराहरू देशै फोनबाट भरिबाट ४-५ दिनदेखि मलाई साथीहरूले जुन तरिकाले जानकारी गराइ राख्नुभएको छ। यो प्रवृत्ति पार्टी जीवनका लागि अत्यन्त घातक छ, म सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले लेखेका छन्।

उनले कसैलाई पनि अध्यावधिक नगरेको निहुँमा महाधिवेशनमा भाग लिनबाट वञ्चित गराउन नसक्ने पनि उल्लेख गरेका छन्।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com