काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरको जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सभापति पदमा ६ जनाले उम्मेदवारी दिएका छन्।
सभापति पदका लागि कृष्ण प्रसाद शर्मा, गोकुल सापकोटा, दोमन बहादुर भण्डारी, सिता कुमारी अर्याल, नरिश्वर लामिछाने र नेत्र प्रसाद भुसाल प्रतिस्पर्धामा छन्।
उपसभापति, सचिव र सहसचिव पदमा पनि क्रमशः ५, ४ र ४ जनाको प्रतिस्पर्धा रहेको छ।
तर प्रतिनिधि छनोटलाई लिएर विवाद भएपछि मतदान प्रक्रिया भने रोकिएको छ। पार्टीका अनुसार आन्तरिक सहमति गरेर चुनाव प्रक्रिया अगाडि बढाउने प्रयास भइरहेको छ।
प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया