काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने को आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक जारी रहेको छ।

हालै मात्र भारत भ्रमण पूरा गरेर स्वदेश फर्किएका सभापति रवि लामिछाने ले समसामयिक राजनीतिक अवस्था, संसद्को गतिरोध र राष्ट्रिय मुद्दाहरूमा साझा सहमति खोज्न यो बैठक बोलाएका हुन्।

advertisement

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बसिरहेको उक्त बैठकमा देशका प्रमुख राजनीतिक दलका शीर्ष तथा जिम्मेवार नेताहरूको उपस्थिति रहेको छ।

बैठकमा सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू समसामयिक विषयमा केन्द्रित भई छलफलमा जुटेका छन्। बैठकमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेकपाका तर्फबाट माधवकुमार नेपाल सहभागी छन्।

त्यसैगरी, नेकपा एमालेका तर्फबाट प्रमुख सचेतक ऐनबहादुर महर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरू पनि बैठकमा सहभागी छन्।

संसदमा पछिल्लो समय देखिएका असमझदारीहरू अन्त्य गर्ने र समसामयिक राष्ट्रिय मुद्दाहरूमा दलहरूबीच साझा धारणा बनाउने विषय नै यो बैठकको मुख्य कार्यसूची रहेको बुझिएको छ।

प्रमुख दलहरूको बाक्लो उपस्थिति रहेको यस बैठकलाई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भने बहिष्कार गरेका छन्। रास्वपा सभापति लामिछानेले भारत भ्रमण सकेर फर्किएलगत्तै राजनीतिक सक्रियता बढाउँदै शीर्ष नेताहरूसँग यो संवाद थालेका हुन्।

देशको पछिल्लो राजनीतिक समीकरण र संसद्को आगामी कार्यदिशाका सन्दर्भमा दलहरूबीच आपसी समझदारी कायम गर्न यो बैठक फलदायी हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com