काठमाडाैं । नेपाली बजारमा साताको दोस्रो दिन आज (सोमबार) पनि सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य सामान्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ। आइतबार सुन प्रतितोला तीन लाख ८०० रुपैयाँमा कारोबार भएको थियो।

advertisement

त्यसैगरी, चाँदीको मूल्यमा भने सोमबार प्रतितोला १० रुपैयाँको वृद्धि भएको छ। आइतबार प्रतितोला चार हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार बढेर चार हजार ९०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com