काठमाडौं । सर्वदलीय बैठकमा नेकपा एमाले ले नेपाल भारतबीच सन्धि सम्झौतादेखि सम्बन्धको सबै पक्षमा छलफल गर्न गठित विज्ञहरू सम्मिलित ‘प्रबुद्ध व्यक्ति समूह’ (ईपीजी) को प्रतिवेदनको विषय उठाएको छ ।
सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले भने, ‘भारत भ्रमणका क्रममा ईपीजीको विषय उठ्यो कि उठेन ?’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार सर्वदलीय बैठक राखेका हुन् ।
लामिछानेले यही १८ जेठदेखि पाँच दिने भारत भ्रमण गरेका थिए । भ्रमणका क्रममा क्रममा रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए ।
भारतबाट फर्किएपछि सभापति लामिछानेले सर्वदलीय बैठक राखेर भ्रमणबारे जानकारी गराएका हुन् । त्यसक्रममा एमालेले ईपीजीको विषय उठाएको हो ।
दुई वर्ष लगाएर तयार भएको उक्त प्रतिवेदन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न मानेका छैनन् ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच एक सम्झौता भइ ईपीजी गठन भएको थियो । ईपीजी गठन गरेकामध्ये कोइरालाको निधन भइसकेको छ । नरेन्द्र मोदी हाल पनि भारतमा प्रधानमन्त्री छन् ।
प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार












प्रतिक्रिया