काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हेरफेर गर्ने विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गरी राजद्रोहको मुद्दा चलाउनुपर्ने बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा शाहीले करका दर हेरफेरको सूचना कसरी चुहियो भनी प्रश्न गर्दै यस प्रकरणमा अर्थमन्त्रीमाथि नितान्त छानबिन हुनुपर्ने र राजद्रोहको मुद्दा लाग्नुपर्ने बताए ।
उनले कोरला र रसुवागढी नाकाबाट कर छलीका गाडीहरू प्रवेश गरेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् ।
शाहीले यो विषयमा तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।
प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार












प्रतिक्रिया