काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको सुशासन र आर्थिक संरचना सुधारका लागि नीतिगत तहको ‘पोलिसी कब्जा’ र माइक्रो सिण्डिकेट अन्त्य गर्ने बताएका छन् ।

उनले अबको अर्थतन्त्र प्रतिस्पर्धामा आधारित हुने बताउँदै नियामक निकायहरू सक्षम व्यक्तिको नेतृत्वमा रहने उल्लेख गरे ।

advertisement

विगतमा जस्तो नीतिगत तहमा हुने कब्जा र सिण्डिकेटबाट फाइदा लिइरहेकाहरू अहिले अत्तालिएर भ्रम फैलाउन लागेको उनको टिप्पणी छ ।

मन्त्री वाग्लेले डिजिटल सेवामार्फत नागरिकलाई घरमै बसी सरकारी सेवा उपलब्ध गराई भ्रष्टाचार न्यूनीकरण गर्ने दाबी गरे ।

उनले राजनीतिक संयन्त्र, आर्थिक संरचना र नियामक निकायहरू कुनै व्यक्ति विशेष वा भ्रष्ट राजनीतिज्ञको कब्जामा रहने दिन सकिएको बताए ।

अर्थमन्त्री वाग्लेले बजेटमा सुशासनलाई मुख्य प्राथमिकता दिइएको उल्लेख गर्दै निजी क्षेत्रलाई ‘लेभल प्लेइङ फिल्ड’ उपलब्ध गराउने र प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पारे ।

उनले पुरानो अभ्यासबाट फाइदा लिइरहेकाहरूको छटपटी अन्तिम रहेको र अब निजी क्षेत्रले आफ्नो पुँजी र प्रतिभाको जगमा फैलिने अवसर पाउने बताए ।

मन्त्री वाग्लेले सुशासनलाई संस्थागत गर्न डिजिटल प्रणालीलाई जोड दिँदै नागरिक एपमार्फत सयौँ सरकारी सेवा घरमै उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए ।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com