काठमाडौं। ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल लाई चेक अनादर मुद्दामा प्रहरीले पक्राउ गरेको छ ।

अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले २५ जेठमा ६७ वर्षीय नेपाललाई बूढानीलकण्ठ नगरपालिका-१० कटारीबस्तीबाट नियन्त्रणमा लिएको हो ।

advertisement

संखुवासभा सभापोखरी स्थायी घर भएका नेपाल हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ कौशलटार बस्दै आएका छन् ।

प्रहरीका अनुसार चेक अनादर मुद्दामा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको हो ।

अहिले उनी अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् ।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com