काठमाडौं । आजदेखि रास्वपाको प्रदेश अधिवेशन सुरु, हेटौँडामा रविले गर्ने उद्घाटन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि प्रदेश अधिवेशन सुरु गर्दैछ। जिल्ला अधिवेशन सम्पन्न गरेपछि पार्टी प्रदेशस्तरीय अधिवेशनमा प्रवेश गरेको हो।
बागमती प्रदेशको अधिवेशन आज हेटौँडामा उद्घाटन हुनेछ। अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम रहेको छ। बागमतीपछि अन्य प्रदेशमा पनि अधिवेशन सञ्चालन गरिने रास्वपाले जनाएको छ।
पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीस्वरूप ५६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ भने बाँकी जिल्लामा निर्वाचन तथा अधिवेशन प्रक्रिया अघि बढाइँदैछ। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने तय भएको छ।
प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया