काठमाडौं । लमही नगरपालिका–५ रातोडाँडामा रोकिराखिएको ना५ख ९३३६ नम्बरको ट्रकको पछाडिपट्टि मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा लु१२प ९८४० नम्बरको मोटरसाइकल चालक लमही नगरपालिका–७ हसनापुरका अन्दाजी ३७ वर्षीय जीवन गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि लमही अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यस्तै, मोटरसाइकलमा सवार सोही ठाउँका अन्दाजी ३२ वर्षीय धनिराम चौधरी घाइते भएका छन्। उनको हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। (रासस)
प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार












प्रतिक्रिया