काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयको पदभार ग्रहण गर्दै आगामी तीन वर्ष आफ्नो सम्पूर्ण समय मुलुकको प्रविधि र नवप्रवर्तन क्षेत्रको विकासका लागि समर्पित गर्ने घोषणा गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

advertisement

पदभार ग्रहण गर्ने क्रममा मन्त्री पुनले आफू पाँच वर्षे सरकारको पूरै कार्यकालभर पदमा नरहने स्पष्ट पारे। उनले भने, ‘म यो पदमा तीन वर्ष मात्र रहन्छु। अबको तीन वर्ष रातदिन नभनी देशको प्रविधि विकासका लागि काम गर्ने हो।’

यो मन्त्रालय नयाँ स्थापना भएकाले सुरुवाती चरणमा यसको बलियो जग (फाउन्डेसन) बसाल्न आवश्यक रहेको उनको भनाइ छ।

प्रविधिको क्षेत्रमा तीव्र विकासका लागि काम गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘ढिला हिँडेर हामी सही गन्तव्यमा पुग्न सक्दैनौँ। मन्त्रालयको आवश्यक संरचना र आधार खडा भइसकेपछि म पदबाट बाहिरिन्छु र यो जिम्मेवारी युवा पुस्तालाई हस्तान्तरण गर्छु।’

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com