काठमाडौं । आज देशका विभिन्न भू–भागमा आंशिकदेखि सामान्य बदली रहने तथा केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा हुन सक्नेछ। सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ।

advertisement

यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिनको अवस्था रहने महाशाखाले जनाएको छ। रातिको समयमा पनि देशभर सामान्य बदली रही विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com