काठमाडौं । श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिले नेपालको अन्तर्राष्ट्रियस्तरमा बेज्जत भएको र शीर निहुरिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको वैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्री संविधान र संसद भन्दा ठूलो नभएको बताए । उनले प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भनेर दिएको अभिव्यक्ति गम्भिर र आपत्तिजनक भएको समेत बताए । उनले प्रधानमन्त्री संविधानको धारा भन्दा माथि नभएको बताउँदै प्रधानमन्त्रीलाई जिम्मेवार बनाउनै पर्ने बताए ।

advertisement

उनले भूगोल बिनाको देश नहुने समेत बताएका छन् । महाकालीमा पनि विभिन्न खालका तटबन्धन लगाएर भइरहेको सीमा अतिक्रमणबारे ध्यान दिइनरहेको बताए । सरकारका प्रधानमन्त्री आफैले हामीले भारतको सीमा मिचेका छौं भनिदिएपछि राष्टिय विवाद सिर्जना भएर अन्तर्राष्टिय बेइज्जत भइरहेको बताए । सीमाकै विषयमा अहिले प्रधानमन्त्रीलाई समेत गालीगलौजहरु भइरहेको बताउँदै उनले यसले हाम्रो शीर निहुरिएको छ या ठाडो छ भन्दै प्रश्न समेत गरे । उनले सभामुखले बोल्न पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्ने बताउँदै आफू विधिमा जाऔं भन्ने मान्छे भएको बताए ।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com