काठमाडौं । भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा काठमाडौं महानगरपालिका–१०, बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेट क्याटरिङ एण्ड इभेन्टमा सम्पन्न भएको छ।

साधारण सभाले संस्थापक शेयरधनीको  तर्फबाट माधव राज आचार्य, डा. हिमाल भट्टराई, राजेश्वर दुवाल, टंक प्रसाद सुवेदी तथा सन्तोष श्रेष्ठलाई सञ्चालकमा निर्वाचित गरेको छ। यस्तै, सर्वसाधारण शेयरधनीको तर्फबाट जेलिना श्रेष्ठ सञ्चालकमा निर्वाचित भएकी छन्।

advertisement

सभाले स्वतन्त्र सञ्चालकमा रीता गौतमलाई मनोनयन गरेको कम्पनीले जनाएको छ।

साधारण सभामा कम्पनीको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजना तथा अन्य विभिन्न प्रस्तावहरूमाथि छलफल गरी पारित गरिएको थियो। कार्यक्रममा सहभागी शेयरधनीहरूले कम्पनीको भावी रणनीति, लगानी विस्तार तथा विकासका सम्भावनाबारे सकारात्मक अन्तरक्रिया गरेका थिए।

कम्पनीले आगामी दिनमा उत्पादन क्षमता विस्तार गर्दै शेयरधनीको हित संरक्षण र ऊर्जा क्षेत्रमा थप योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com