काठमाडौं। नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको तस्वीर सामाजिक सञ्जालमा दुरुपयोग गरिएको भन्दै भ्रम फैलाइएको विषयप्रति आपत्ति जनाएको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै एमाले सांसद यशोदा बराल ले अध्यक्ष ओलीको तस्वीर दुरुपयोग गरी उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी को सदस्यता लिएको भन्दै गलत प्रचार गरिएको आरोप लगाइन्।
उनले यस्तो गतिविधिले सामाजिक सञ्जालमा भ्रम फैलाउने काम भइरहेको भन्दै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्।
बरालले भनिन्, ‘पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीज्यूको फोटो दुरुपयोग गरेर उहाँले रास्वपाको सदस्यता लिएको भनेर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ। यसमा सरकार र सम्बन्धित पार्टीको ध्यानाकर्षण गराउन चाहन्छु।’
प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया