काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक ऐन महर ले सरकारले जिम्मेवार भूमिका निर्वाह नगरेकाले आफ्नो पार्टीले विरोधको शैली परिवर्तन गर्दै सदनको प्रक्रियामा सहभागी भएको बताएका छन्।

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै महरले एमालेले आफ्नो मूल मुद्दा नछाडेको स्पष्ट पार्दै आफूहरू जिम्मेवार, सशक्त र रचनात्मक प्रतिपक्षको भूमिकामा रहेको बताए।

advertisement

उनले भने, “हामी यो व्यवस्थाका निर्माता हौँ, उपभोक्ता होइनौँ। व्यवस्थाको मर्यादा र सुदृढीकरणका लागि हामी अझ जिम्मेवार हुनुपर्छ। सरकार जिम्मेवार नदेखिएकाले मुद्दा यथावत् राख्दै सदनको प्रक्रियामा सहभागी भएका हौँ।”

महरले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिलाई गम्भीर विषयका रूपमा उल्लेख गर्दै त्यसबारे एमालेले निरन्तर आवाज उठाइरहने बताए। “एउटा सार्वभौम राष्ट्रको कार्यकारी प्रमुखले आफ्नो देशले अर्को देशको सीमा मिचेको छ भन्ने अभिव्यक्ति सामान्य विषय होइन,” उनले भने।

उनले एमालेले विरोधका लागि मात्र विरोध नगरेको दाबी गर्दै अर्थमन्त्रीमाथि उठेका प्रश्नहरूको निष्पक्ष छानबिनका लागि संसदीय छानबिन आवश्यक रहेको पनि बताए।

 

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com