काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल ले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्सांकनको काम बाँकी रहेको बताएका छन्।

राष्ट्रिय सभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धि अनुसार स्थापित र निर्देशित रहेको उल्लेख गरे।

advertisement

उनले ती क्षेत्रबाहेक अन्य केही स्थानमा दशगजा अतिक्रमण तथा सीमा पारबाट हुने कब्जाका समस्या रहेको बताए। प्रधानमन्त्रीले संसद्मा उठाएको सीमासम्बन्धी विषय पनि मुख्यतः दशगजा अतिक्रमण र ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित रहेको उनको भनाइ थियो।

मन्त्री खनालका अनुसार नेपाल र भारतबीचको सीमालाई वैज्ञानिक र व्यवस्थित बनाउन नक्सांकन नभएका क्षेत्रमा सीमा स्तम्भ निर्माण तथा मर्मत, दशगजा अतिक्रमणको तथ्यांक संकलन र सीमा पारको अतिक्रमण अभिलेखीकरणको काम भइरहेको छ।

उनले लामो समयदेखि निष्क्रिय रहेको नेपाल–भारत संयुक्त प्राविधिक समितिको काम पुनः सक्रिय भएको जानकारी दिँदै दुवै देशका प्राविधिक टोलीहरू सीमा क्षेत्रमा परिचालित भएर संयुक्त रूपमा तथ्यांक संकलन गरिरहेको बताए।

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com