काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाही ले सरकारले ल्याएको बजेट गरिब नागरिकभन्दा ठूला व्यापारी र सीमित वर्गलाई लाभ पुग्ने गरी तयार गरिएको आरोप लगाएका छन्।

प्रतिनिधिसभामा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफलमा भाग लिँदै शाहीले उपचार खर्चमा कर लगाउने व्यवस्थाले बिरामी नागरिकमाथि थप आर्थिक भार पर्ने बताएका हुन्। उनले निजी अस्पतालमाथि लगाइएको करको असर अन्ततः उपचारका लागि जाने बिरामीले नै बेहोर्नुपर्ने दाबी गरे।

advertisement

शाहीले स्वदेशी औषधि उद्योगलाई संरक्षण र प्रवर्द्धन गर्नुको सट्टा आयातित औषधिलाई सहज हुने व्यवस्था गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनका अनुसार यसले हजारौँ युवालाई रोजगारी दिइरहेका स्वदेशी औषधि उद्योगहरू संकटमा पर्न सक्ने जोखिम बढाएको छ।

उनले विदेशमा लगानी गर्ने वातावरण सहज बनाउने सरकारी नीतिमाथि पनि प्रश्न उठाउँदै नेपालबाट पुँजी बाहिरिने बाटो खोल्नुभन्दा विदेशी तथा गैरआवासीय नेपाली लगानीलाई स्वदेशमै आकर्षित गर्नुपर्ने धारणा राखे।

शाहीले बजेटले उत्पादन, रोजगारी र स्वदेशी उद्योगको संरक्षणभन्दा पनि पुँजी पलायनलाई प्रोत्साहन गर्ने संकेत देखिएको टिप्पणी गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नीतिगत प्राथमिकताप्रति प्रश्न उठाए।

 

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com