काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतसम्बन्धी स्वास्थ्य समस्याको उपचार गराउन महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
अध्यक्ष ओलीलाई दाँतमा असहजता महसुस भएपछि चिकित्सकीय परामर्श तथा उपचारका लागि अस्पताल लगिएको उनको सचिवालयले जनाएको छ।
ओलीका सचिवालय प्रमुख निरुदेवी पालका अनुसार अध्यक्ष ओलीको अस्पतालमा आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार प्रक्रिया जारी छ।
‘अध्यक्षज्यू दाँतको समस्याका कारण अस्पताल आउनुभएको हो। हाल उहाँको उपचार भइरहेको छ,’ पालले जानकारी दिइन्।
प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया