विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको नेतृत्वका लागि सम्पन्न निर्वाचनमा मोरङका चन्द्र राई प्रदेश सभापतिमा निर्वाचित भएका छन्।

सभापति पदका लागि भएको प्रतिस्पर्धामा सरिन तामाङ, चन्द्रकुमार गौली र खगेन्द्र कटुवाल पनि उम्मेदवार थिए। निर्वाचनमा खसेको ७०२ मतमध्ये राईले २८० मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी सरिन तामाङले १४१ मत प्राप्त गरिन् भने चन्द्रकुमार गौलीले २७ र खगेन्द्र कटुवालले ४१ मत पाए।

advertisement

निर्वाचनको अन्तिम औपचारिक मतपरिणाम सार्वजनिक हुन बाँकी रहे पनि मतगणनाबाट राईको जित सुनिश्चित भएको छ।

यसैबीच, निर्वाचनमा पराजित भएपछि उम्मेदवार सरिन तामाङले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै समर्थक तथा मतदाताप्रति आभार व्यक्त गरेकी हुन्।

‘आजबाट राजनीतिक बिट मारेँ। मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ तामाङले फेसबुकमा लेखेकी छन्।

कोशी प्रदेश नेतृत्व चयनका लागि भएको निर्वाचनमा पार्टीका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। निर्वाचन समितिले भने विस्तृत तथा अन्तिम आधिकारिक नतिजा सार्वजनिक गर्न बाँकी रहेको जनाएको छ।

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com