काठमाडौं। सरकारले विपद् व्यवस्थापन लाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र ड्रोन को प्रयोगलाई उच्च प्राथमिकतामा राख्ने भएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा गृहमन्त्री सुधन गुरुङ ले विपद् व्यवस्थापनमा नयाँ प्रविधिको प्रयोग विस्तार गर्ने योजना रहेको जानकारी दिए। उनले सिन्धुपाल्चोक र काभ्रे मा ड्रोनमार्फत राहत सामग्री वितरण गरिएको सफल अनुभव प्रस्तुत गर्दै अब २०० केजीसम्म भार बोक्न सक्ने हेभी–लिफ्टिङ ड्रोन खरिद प्रक्रियामा रहेको बताए।
मन्त्री गुरुङले विपद्को समयमा द्रुत रूपमा उपकरण खरिद गर्न सार्वजनिक खरिद ऐनका प्रावधान बाधक बनेको गुनासो पनि गरे। उनका अनुसार हालको कानुनी प्रक्रियाअनुसार ड्रोन खरिद गर्न करिब ४५ दिन लाग्ने भएकाले मनसुनजस्ता आकस्मिक अवस्थाका लागि समयमै तयारी गर्न कठिन हुने गरेको छ।
उनले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन खरिद प्रक्रिया सहज हुने गरी सार्वजनिक खरिद ऐन संशोधनमा सांसदहरूको सहयोग आवश्यक रहेको उल्लेख गरे।
प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया